FAQs Complain Problems

समाचार

गा पा सितरिय शिक्षा कार्यक्रम

सिपि सस्थाको सभा हल गढवा गाउँपालिका ५ मा भएको वृहत शैक्षिक परामर्श कार्यशालाको सहजीकरण गढवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नेव बहादुर वलिले गर्नु भयको थियो ।शैक्षिक परामर्श कार्यशालाको गढवा स्थित सामुदायिक रेडियो साझा आवाजले प्रत्यक्ष प्रशारण  भएको थियो ।

शिक्षाको गुणस्तर तथा सुधार सम्बन्धमा पालिका स्तरीय वृहत शैक्षिक परामर्श कार्यशाला गोष्ठि  गढवा मा सप्पन्न भयको छ ।
गढवा गाउँपालिकाको अध्यक्ष सहजराम अहिरको सभाअध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी र शिक्षा बिद प्रा।डा विधानाथ कोइराला एवम् धनन्जय कोइराला को समुपस्तीथिमा भएको कार्यशालामा बोल्ने अधिकास बक्ताहरुले अबको शिक्षा निति सबै विद्यार्थी अभिभावक र शिक्षक को हितमा हुनु पर्ने वताएका थिए ।
कार्यशालामा शिक्षा सम्बन्धि विचार राख्दै शिक्षाबिध प्रा डा कोइरालाले अबको शिक्षा नितिमा शिक्षक र प्रधानाध्यापक,प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, र बिद्यालय व्यवस्थापनि समिति र स्थानीय सरकार संग लिखित प्रतिबद्धताका साथ जवाफदेहिता हुने गरि नीति ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो भने अर्को प्रसङ्गमा प्रा। डा। कोइरालाले विद्यार्थीहरुलाई सिकाइको लागि स्थानीय स्तरमा सहजै उपलब्ध वस्तुहरु संग जोडेर मनोबैज्ञानिक तरिका अपनाउन शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

आर्थिक वर्ष:

प्रकार: