FAQs Complain Problems

समाचार

चौथो गाउँसभा उद्घाटन कार्यक्रम

 गढवा गाउँपालिकाको चौथो गाउँसभा

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र  प्रदेश नं. ५ का भूमी ब्यवस्था तथा कृषि  सहकारी  मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यमा भएको चौथो गाउँसभामा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले आर्थीक बर्ष २०७५/०७६ को हालसम्म भए गरेका कार्यहरुको विवरण सहितको प्रथम चौमासीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का रामप्रसाद गैरे, कालिराम चौधरी, नेपाली कागे्रसका महासमिती सदस्य अनुराग यादव, गढवा इकाइ उपसभापति कृष्णराज पाण्डेय, संघिय समाजवादी फोरम दाङका अध्यक्ष रामशरण यादव, गढवाका प्रतिनीधी जगतराम यादव, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल, गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, सरस्वती माध्यमिक विद्यालय गोवरडिहाका प्रधानाध्यापक कुलचन्द्र पौडेल, समाजसेवी बुद्धिजिवीहरु उमाकान्त पन्त, सकुन्तला डिसी, सुर्यबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गाउँपालिकाको विकास र प्रगतिका लागि सकारात्मक सुझाव दिदै नदीजन्य पदार्थको उपयोगमा सहज ब्यवस्थापन गर्न अनुरोध गरेका थिए । 
    गाउँपालिकाले बन्दशत्रको आयोजना गरि बिकास र समृद्धिका लागि विभिन्न ८ वटा बिधेयक पारित गरि कार्यविधिहरु बनाउने कार्यक्रममा जानकारी गराइएको थियो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको थियो । 

 

आर्थिक वर्ष: