FAQs Complain Problems

जनता माध्यमिक विद्यालय कालाकाटेको ४२ औं बार्षिकोत्सव

जनता माध्यमिक विद्यालय कालाकाटेको ४२ औं बार्षिकोत्सव
जनता माध्यमिक विद्यालय कालाकाटेको ४२ औं बार्षिकोत्सव
जनता माध्यमिक विद्यालय कालाकाटेको ४२ औं बार्षिकोत्सव

आइतवार जनता माध्यमिक विद्यालय कालाकाटेको ४२ औं बार्षिकोत्सवको उद्घाटन गर्दै सांसद चौधरीले यस्तो बताउनु भएको हो । धागोमा बाँधीएका ४२ वटा ब्यालुन उडाएर पानसमा दिपप्रज्ज्वलन गर्दै बार्षिकोत्सवको उद्घाटन गरिएको हो । बार्षिकोत्सवलाई संबोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सरकारी विद्यालयको गुणस्तर बृद्धिगर्न गाउँपालिकाले सधै समन्वय र सहकार्य गर्दै काम गर्ने र यसमा शिक्षक अभिभावक र संचालक समिति चनाखो हुनुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा गढवा गाउँपालिकाले २० प्रतिशत बजेट विनियोजन गरेको बताउदै अध्यक्ष यादवले विद्यालयहरुले पनि आफ्नो स्रोतको परिचालन गर्न आवश्यक रहेको भन्दै शिक्षक महासंघको नाममा बिद्यालयमा पढाउन छोडेर राजनिति नगर्न शिक्षकहरुलाई आव्हान गर्नुभयो । 

आर्थिक वर्ष:

प्रकार: