FAQs Complain Problems

कृषि

फलफुल हरुको बेर्ना वितरण कार्यक्रम

७५% अनुदानमा गढवा गा पा (कृषि बिकाश शाखा ) आन्तर्गत कृषकहरुलाई  आ व २०७४/०७५ मा स्वीकृत कृषि प्रसार कार्यक्रमबाट तपसिल आनुसारको जम्मा ५३०० बेर्ना मिति २०७५/०३/२५ गते देखि २७ गते सम्म वितरण भयो |

तपसिल

१५ औ राष्ट्रीय धान दिवस

यस गढवा गा पा कृषि बिकास शाखा तथा धान पकेट सन्चालक कृषक समुह खजरौटा प्रसेनिको आयोजनामा गढवा गा पा को अध्यक्ष श्री सहजराम अहिरको अध्यक्षतामा तथा प्रमुख अतिथि प्रदेश न ५ को दाङ देउखुरि क्षेत्र न १ का सासद श्री इन्द्रजित थारु, गढवा गा पा का प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली ,वडा अध्यक्षहरु वडा सदस्य, राजनैतिक दल, बुदिजिबि तथा समस्त कृषकहरुको उपस्थिति २०७५।०३।१५ गते गढवा गा पा ५ खजरौटामा "१५ औ राष्ट्रीय धान दिवस" धान उत्पादनमा बृदि, राष्ट्रको समृदि नाराको साथ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा ५३ जनाको सहभागिता रहेको थियो।

कृषि सामागृ ५०% अनुदानमा वितरण

यस गढवा गा पा को आ व २०७४।०७५ मा स्विकृत कृषि बिकास कार्यक्रम,कृषि बिकास शाखाबाट यस गढवा गा पा आन्तर्गतका कृषकहरुलाई यस आर्थिक वर्षमा तपसिल अनुसारको कृषि सामागृ ५०% अनुदानमा वितरण गरियो।

माछा ब्लक कार्यक्रम सम्पन्न।

गढवा गा पा को आ व २०७४।०७५  मा स्विकृत प्रधानमन्त्री  कृषि आधुनिकिकरण परियोजना अन्तर्गत माछा ब्लक कार्यक्रमबाट गढवा गा पा को ब्लक स्तरिय मछापालक कृषक तालिम मिति २०७५।०२।२५ गतेदेखि २७ गते सम्म ३ दिने तालिम गढवा गा पा माछा ब्लक सन्चालक समितिको आयोजना मा सन्चालित थियो। उक्त तालिममा २५ जना माछापालक कृषक हरुको सहभागिता रहेको थियो  भने जिल्ला कृषि विकास कार्यालय,कपिलवस्तुको मत्स्य विकास अधिकृत श्री विष्णु प्रसाद खनालको प्रशिक्षण  रहेको थियो। उक्त तालिमबाट यस गढवा गा पा अन्तर्गतका माछापालक कृषकहरुको माछा सम्बन्धि ब्यवहारिक तथा महत्वपुर्ण प्राविधिक ज्ञान हासिल गर्नुभयो।

३ दिने गा पा स्तरिय च्याउ खेति तालिम

यस गढवा गा पा को आ व २०७४।०७५ मा स्विकृत कृषि बिकास शाखाको कृषि प्रसार कार्यक्रम तर्फको ३ दिने गा पा स्तरिय च्याउ खेति तालिम मिति २०७४।०९।१६ गते देखि १९ गते सम्म गढवा गा पा आन्तर्गत का २५ जना कृषकहरुलाइ सहभागि गराइ सन्चालन गरियो।
उक्त तालिममा च्याउ खेति सम्बन्धि सैदान्तिक तथा ब्यवहारिक ज्ञान सम्बन्धि प्रशिक्षण भयको थियो।  

माछा ब्लक कार्यक्रम

यस गढवा गा पा को आ व २०७४।०७५ मा स्विकृत प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत माछा ब्लक कार्यक्रमबाट यस गढवा गा पा क्षत्रका कृषकहरुले निर्माण गरेको नया माछा पोखरि हरुको माछा ब्लक सन्चालन समिति तथा कृषि प्राविधिक द्वरा भयको स्ठलगत निरिक्षण तथा वितरण गरेको अनुदानको विवरण।
स्थलगत निरिक्षण गरेको मिति २०७५।०१।१३ गते देखि २० गते सम्म
निरिक्षण कर्ताको नाम
१ श्री बाल चन्द्र हमाल ठकुरि(६ न वडा अध्यक्ष)
२ श्री हेमराज शर्मा अधिकारि
३ श्री राम बहादुर भण्डारि( माछा ब्लक सन्चालक समिति)
४ श्री प्रविण चौधरि(प्रा स कृषि बिकास शाखा प्रमुख)

धान पकेट कार्यक्रम

स्ठलगत कृषि घुम्ति तालिम आन्तरगत धान पकेट कार्यक्रम गढवा गाउपालिका कृषि बिकास शाखा बाट गढवा गा पा वडा न ५ खजरौता मा २०७५।०१।२२ गते भयको थियो।